नेभिगेशन
अन्य

२०४६ सालको परिवर्तनको २५ वर्ष पूरा

काठमाडौं । आज चैत्र २६ गते अर्थात २५ वर्ष अगाडि जनताको आन्दोलनको बलमा ३० वर्षे पंचायती निरंकुश शासनले घुँडा टेकेको दिन । नेपाली कांग्रेसले नेतृत्त्व गरेको यो आन्दोलनमा विभिन्न कम्युनिस्ट पार्टीहरूको समूह संयुक्त वाम मोर्चा बनाएर आन्दोलनमा उत्रिएका थिए । ५० दिनसम्म चलेको यो आन्दोलनमा तत्कालीन पञ्चायती शासकहरूले बर्बरतापूर्वक दमन गपनि केही नलागेपछि राजाले जनतासामु घुँडा टेके र चैत्र २६ गते राती निर्दलीयता शब्द हटाएको घोषणा गर्दै पंचायती व्यवस्थाको अन्त्य भएको घोषणा गरेका थिए । २०४६ सालको आन्दोलन फागुन ७ गते काठमाडौंमा आन्दोलन सुरू भएको थियो । संयुक्त बाम मोर्चा र नेपाली कांग्रेसले संयुक्त रूपमा पंचायतका बिरुद्धमा आन्दोलन गरेको पहिलो पटक थियो । चैत्र २६ गते राती आन्दोलनकारीका तर्फबाट ४ जनाले राजासँग भेटेपछि संवैधानिक राजतन्त्र, बहुदलीय व्यवस्था र मौलिक अधिकारको प्रत्याभूति दिलाउने शर्तमा आन्दोलन स्थगित भएर बहुदलिय व्यवस्था घोषणा भएको हो । राजाले नयाँ सरकारको नेतृत्त्व गर्न नेपाली कांग्रेसका नेता तथा जनआन्दोलनका कमाण्डर गणेशमान सिंहलाई आग्रह गरेतापनि उनले त्यो पद अस्वीकार गरेपछि ाजाले बैशाख ३ गते नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा नियुक्त गरेर तत्कालिन प्रधान न्यायाधीश विश्वनाथ उपाध्यायको अध्यक्षतामा संविधान सुझाव आयोग गठन गर्दै नयाँ संविधान २०४७ निर्माण भएको थियो । जुन संविधानमा मौलिक हक, बालिग मताधिकार, संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र, स्वतन्त्र न्यायपालिका आदिको ग्यारेन्टी गरिएको थियो । यसले नेपालमा २ सदनात्मक संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाको व्यवस्था गरेको थियो । नयाँ संविधान अनुसार २०४८ बैशाख २९ गते संसदको निर्वाचन भइ बुहदलिय व्यवस्थाको संस्थागत बिकास अगाडि बढेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै