नेभिगेशन
अन्य

काँग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानको उपप्रमुखमा डा. शेखर

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको उपप्रमुखमा डा. शेखर कोइराला, प्रशिक्षण तर्फको निर्देशकमा डा. कमल रिजाल र सदस्यहरुमा डा.चन्द्रमोहन यादव र तिलक रानाभाटलाई नियुक्त भएका छन् । प्रतिष्ठानको संयोजक तथा पार्टी उपसभापति रामचन्द्र पौडेलले मिडिया संयोजकको जिम्मेवारी भने प्रतिष्ठानकै सदस्य धर्मेन्द्र झालाई तोकेका छन् । प्रतिष्ठानले गणेशमान बलिदान अभियान कार्यक्रमको समापनसभा चैत्र २७ गते दिनको १ बजे रत्नपार्क शान्तिबाटिकामा गर्ने कार्यकारी निर्देशक मधु आचार्यले जानकारी दिएका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको प्रमुख आतिथ्यतामा हुने उक्त सभालाई उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण प्रसाद सिटौलाका साथै २०४६ को संयुक्त जनआन्दोलनका सहयात्री दलहरुको प्रतिनिधिको रुपमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ वामपन्थी नेताहरु विष्णु बहादुर मानन्धर, नारायणमान विजुक्छे रोहित र कृष्णराज बर्मा र वरिष्ठ राजनैतिक चिन्तक निलाम्वर आचार्यले कार्यक्रमलाई सम्वोधन गर्नु हुने आचार्यले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...