नेभिगेशन
अन्य

युरोपेली सांसदको टोली आज नेपाल आउँदै

काठमाडौं । पछिल्लो राजनीतिक अवस्था, संविधान लेखन र विकास प्रक्रियाबारे स्थलगत प्रत्यक्ष जानकारी लिन युरोपेली युनियनका सांसदहरु आज नेपाल आउदैछन् । बेलायतका तर्फबाट युरोपेली युनियनमा सांसद रहेकी जिन लाम्वर्टको नेतृत्वमा चार सदस्यिय टोली चार दिनका लागि नेपाल आउन लागेको हो । हरेक एक वा दुईवर्षमा उनीहरु नेपाल आउने र यहाँको राजनीतिक अवस्थाको बारेमा जानकारी लिने गर्छन् । यो युरोपेली सांसदहरुको नियमित भ्रमण हो । बेलायती ग्रिनपार्टीकी लेम्वर्ट नेतृत्व टोलीमा रोमानियका क्रिस्टीयन डन प्रेडा, जर्मनीका थोमस मन र बेलायतका अर्का सांसद अफ्जाल खान रहने युरोपेली यूनियनको काठमाडौं स्थित दूतावासले जनाएको छ । उक्त डेलिगेसनको दक्षिण एसियाको अध्यक्षता समेत गर्ने उनले यहा रहदा राष्ट्रपति डा. रामबरण यादब, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र काठमाडौंमा रहेका कूटनीतिक समुदायहरुसंग समेत भेटवार्ता गर्नेछ । नेपालका विभिन्न नेताहरुसंग गरिने छलफलमा यहाँको पछिल्लो राजनीतिक अवस्थाको साथै नया संविधान निर्माण कार्यमा चासो राख्नेछन । समावेसी एवं प्रजातान्त्रीक संविधान बनाउन भएका प्रयासहरुको जानकारी उनले लिनेछन, युरोपेली युनियनले जारी गरेको विज्ञप्तीमा भनिएको छ । उनीहरुले त्यसअलवा आफुले सहयोग गरेको विभिन्न आयोजनाहरुको भ्रमण समेत गर्ने र मानव अधिकारवादी, बुद्धिजिवी लगायतलाई भेट्ने कार्यक्रम समेत रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...