नेभिगेशन
अन्य

अखिल क्रान्तिकारी केन्द्रिय कार्यालयमा प्रहरीको छापा

काठमाडौं । प्रहरीले अनेरास्ववियु क्रान्तिकारीको डिल्लीबजार स्थित केन्द्रिय कार्यालयमा छापा हानेको छ । राजधानीमा एमाओवादी र क्रान्तिकारी समथिर्थहरुले मसाल जुलुस प्रदर्शन गरेलगत्तै प्रहरीले एमाओवादीको भातृसंगठन कार्यालयमा छापा मारेको हो । प्रहरीले क्रान्तिकारीका पूर्व सचिव रञ्जीत तामाङ, उमेश थापा, देवेन्द्र पाख्रिन र प्रकाश घिमिरेलाई पक्राउ गरेको छ । मसाल कहाँ राखेका छौ भन्दै प्रहरी कार्यालयमा प्रवेश गरेको क्रान्तिकारी अध्यक्ष रमेश मल्लले बताए । त्यस्तै, बिजुलीबजारस्थित तमलोपा कार्यालयबाट मसाल जुलुस निकाल्न खोज्दा प्रहरीसँग त्यहाँ झडप भएको छ । प्रहरीले विद्यार्थी फ्रन्टका महासचिव मनिष मिश्र, युवा फ्रन्टका महासचिव मुकेश झा र सदभावनाका प्रवक्ता सन्तोष मेहतालाई पक्राउ गरेको छ । यसैगरि बनेपामा मसाल जुलुस निकालेका विपक्षी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । प्रहरीले मसाल खोस्न खोजेपछि झडप भएको हो । झडपमा एमाओवादी केन्द्रीय सदस्य सूर्यमान दोङ, फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य गणेश लामा सहित १२ जना घाइते भएका छन् । त्यस्तै, प्रहरी तर्फ ८ जना घाइते भएको डिएसपी राजकुमार केसीले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै