नेभिगेशन
अन्य

राजदूतमा उपाध्याय र कार्की नियुक्त

काठमाडौं । राष्ट्रपति डा रामवरण यादवले आज दीपकुमार उपाध्यायलाई भारत र डा अर्जुनकुमार कार्कीलाई संयुक्त राज्य अमेरिकाका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेका छन् । नियुक्तिका लागि सरकारद्वारा सिफरिस गरिएका उपाध्याय र कार्कीको नाम व्यवस्थापिका–संसद्को संसदीय विशेष सुनवाई समितिले अनुमोदन गरेपछि सरकारले सहमति (एग्रिमो) का लागि सम्बन्धित मुलुकमा पठाएको थियो । सहमति आएपछि आज उनीहरूलाई राष्ट्रपति डा यादवले नेपालको संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । दूवै मुलुकमा तीन वर्षभन्दा बढी समयदेखि राजदूत रिक्त थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...