नेभिगेशन
अन्य

शोक प्रस्ताव पारित गर्दै संविधान सभाको वैठक एक सातालाई स्थगित

काठमान्डौ । एमाले नेता तथा राज्य व्यवस्था समितिका पूर्व सभापति रामनाथ ढकाल र पूर्व गृहराज्यमन्त्री महेन्द्र यादवको निधनमा अलग अलग शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो । एमाले युवा नेता तथा राज्य व्यबस्था समितिका पूर्व सभापति र पूर्व गृहराज्यमन्त्री महेन्द्र यादबको निधनमा अलग अलग शोक प्रस्ताब पारित गरि वैठक स्थगित गरिएको हो । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बैठकको शुरुमै प्रतिनिधिसभाका पूर्व सदस्य तथा पूर्व गृहराज्यमन्त्री यादव र पूर्व सांसद तथा राज्य व्यवस्था समितिका पूर्व सभापति ढकालको निधनमा शोक प्रस्ताव पढेर सुनाएका थिए । सोमवारको बैठकमा शोक प्रस्तावको मात्र कार्यसूची रहेकाले विपक्षी मोर्चाका बिजय गच्छदार, गिरिराजमणी पोखरेल केही सभासद पनि सहभागी भएका थिए । स्वाइनफ्लुलगायत अन्य नटिल रोगबाट ग्रसित ढकालको उपचारका क्रममा आइतबार दिउँसो ग्रान्डी अस्पतालमा निधन भएको थियो ।सघन उपचारकक्षमा उपचार गराइरहेका ढकालको दिउसो १ बजेर ४० मिनेट जादा मृत्यु भएको थियो । यसैबीच, स्वर्गीय नेता ढकालको आज पशुपति आर्यघाटमा अन्तेष्टि हुदैछ । त्यसतै २०४८ र २०५१ मा महोत्तरी १ बाट नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका यादवको चैत १७ गते निधन भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै