नेभिगेशन
अन्य

ढकालको शोकमा समिति बैठक स्थागित,शोक प्रस्ताव पास गर्दै संविधानसभा केहि दिन रोकिने

काठमाडौं । एमाले नेता रामनाथ ढकालेको शोकमा व्यवास्थापिका संसदका दुईवटा समितिका बैठक रोकिएका छन् । बिहान ८ बजेलाई बोलाइएको कृषि तथा जलस्रोत समिति र साढे ८ मा बोलाइएको सामाजिक न्याय तथा मानवअधिकार समितिको बैठक पनि स्थगित भएको छ । राज्य व्यवस्था समितिका पूर्वसभापति ढकालको आइतबार निधन भएपछि सूचना टाँसेर बैठक स्थगित भएको समिति सचिवालयहरुले जनाएका छन् । यस्तै आज बोलाइएको संविधानसभा बैठक शोक प्रस्ताव पारित गर्दै केही दिनका लागि स्थगित गरिने भएको छ । बैठकले रामनाथ ढकालको निधनमा शोक प्रस्ताव पारित गर्ने भएको हो । ढकालको सोमबार बिहान ११ बजे अन्तिम दाहसंस्कार हुने भएकाले दिउँसो बस्ने संविधानसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गरिने संविधानसभा सचिवालय स्रोतले जनाएको छ । ‘आर्यघाटमा दाहसंस्कार प्रक्रिया सुरु भएपछि संविधानसभाले श्रद्धान्जली दिने कार्यक्रम तय गरेको छ,’ सचिवालय स्रोतले भन्यो । ३० दलीय मोर्चाको आमहडतालसहित आन्दोलनका कार्यक्रम रहेकाले सहमतिका लागि थप समय उपलब्ध गराउने तयारी भइरहेको स्रोतले जनायो । संविधानसभा बैठक १ महिना २३ दिनको स्थगनपछि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रस्ताव निर्माण समितिले तयार पारेको प्रश्नावली अनुमोदन गर्दै संविधानसभा बैठक माघ २९ मा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । संविधानका अन्तर्वस्तु राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीको प्रतिवेदनमा दलहरूबीच अहिले पनि विवाद कायमै छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै