नेभिगेशन
अन्य

एमालेले ढकालको शोकमा तीन दिन पार्टीको झण्डा झुकाउने

काठमाडौं । उपचारको क्रममा आइतबार निधन भएका पार्टी नेता रामनाथ ढकालको सम्मानमा एमालेले तीन दिन देशभरका पार्टी कार्यालयको झण्डा झुकाउने निणय गरेको छ । आज विहान बसेको स्थायीय कमिटीको आकस्मिक बैठकले तीन दिनसम्म कुनै पनि औपचारीक कार्यक्रम नगर्ने निर्णयसमेत गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी विज्ञप्तीमा बताइएको छ । ढकालको सम्मानमा सबै पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने र बैशाख ४ गते देशभरका जिल्ला कमिटीलाई शोक सभा आयोजना गर्न बैठकले निर्देशन दिएको छ । ‘चिकित्सकहरूको अथक प्रयासका बाबजुद उहाँलाई बचाउन नसकिएको स्थितिबाट सिङ्गो पार्टी असाध्यै मर्माहत भएको छ’, अध्यक्ष ओलीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘ढकालका गतिशीलता, जुझारुपन र जस्तोसुकै प्रतिकूल अवस्थामा पनि पार्टीले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने जस्ता गुणहरूको पार्टीले सधैभरि स्मरण र अनुशरण गरिरहनेछ ।’ ५२ वर्षीय ढकालको हिजो ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । क्षयरोग र क्यान्सर पीडित ढकाललाई पछिल्लो समय स्वाइन फ्लुको संक्रमण भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...