नेभिगेशन
अन्य

दाहाल, बैद्य र चन्द देखि मात्रिका र मणी थापा समेत एउटै आन्दोलनमा

काठमाडौं । एमाओवादीबाट बिभाजन भएको चारवर्षपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य तथा केहि समय अघि बैद्यसंग अलग भएको नेत्रबिक्रम चन्द एउटै ब्यानर बोकेर सडक आन्दोलनमा उत्रदैछन् । यी तिन नेता मात्र नभई एमाओवादीबाटै नेकपा (माओवादी) का संयोजक मात्रिकाप्रसाद यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा र नेकपा (एकीकृत) का महासचिव परि थापा समेत एउटै व्यानरमा सडकमा आउन लागेका हुन् । आज सोमबार दिउँसो साढे १ बजे सर्वोच्च अदालतले सत्यनिरुपण तथा मेलमिलाप आयोगका सम्बन्धमा गरेको फैसलाका बिरुमा बबरमहलबाट ६ माओवादी घटकहरुको संयुक्त विरोध प्रदर्शन सवै माओवादी नेताहरु एउटै व्यनर समातेर सडकमा आउन लागेका हुन् । सो फैसला बाह्रबुँदे, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान तथा हालै गठित सत्यनिरुपण तथा मेलमिलाप आयोग समेतलाई लत्याएर आएको ती माओवादी पार्टीहरुले भन्दै आएका छन् । सो फैसल पुनरावलोकन गर्न माग गर्दै ६ वटै माओवादी पार्टीले यसअघि नै प्रधानमन्त्री सुशील कोइरालाई ज्ञापन पत्र समेत बुझाइसकेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै