नेभिगेशन
अन्य

कफ्र्यू भन्दा बास बस्ने आएका लुटेराद्धार गौरमा एकजनाको हत्या

रौतहट । एक सातादेखि आन्दोलित गौरमा लुटेरा समूहले गौर–५ पोखरिया टोलका ६० वर्षीय जाहिर अन्सारीको हत्या गरेका छन् । लुटेराले अन्सारीको घरबाट पाँच लाख नगद समेत लुटपाट गरेको समेत प्रहरीले जनाएको छ । बाहिर कफ्र्यू लागेको छ भन्दै आइतबार राती बस बस्न आएका केही व्यक्तिले सुतिरहेका अन्सारीलाई घाँटी रेटेर हत्या गरेका थिए । अन्सारीले घर मर्मतका लागि बैंकबाट आइतबार पाँच लाख निकालेका थिए । हत्या र लुटपाटपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । हत्या घटनापछि गौर आन्दोलन थप हिंसात्मक हुने खतरा बढेको छ । आन्दोलनकारी पक्षसँग अहिलेसम्म भएको वार्ता निश्कर्षबिहिन भएको छ । आइतबार साँझ हेलिकोप्टरबाट गौर पुगेको सरकारी वार्ता टोलीले रातिसम्म गरेको वार्तामा कुनै सहमति हुन सकेन । सोमबार बिहान फेरी वार्ता हुँदैछ । गौरमा चर्किएको आन्दोलनबारे वार्ता गर्न गाडीबाट पुगेको क्षेत्रीय प्रशासकसहितको टोलीलाई दिनभर बीच बाटोमै रोकेपछि काठमाडौंबाट हेलिकोप्टरमा अर्को टोली गौर पुगेको थियो । आइतबार बिहान ११ बजे रौतहटको गरुडा आइपुगेका सो बार्ता टोलीलाई दिनभर आन्दोलनकारीले रोकेपछि काठमाडौंबाट नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक गणेश राई र शसस्त्रका अतिरिक्त महानिरिक्षक कृष्ण कुमार तमाङ्ग सा‘झ साढे ६ बजे हेलिकोप्टरबाट गौर आइपुगेका छन् । हाल गौरमा रहेको मालपोत तथा नापीको सेवा केन्द्रलाई चन्द्रनिगाहपुरमा पनि विस्तार गर्ने सरकारको निर्णयको विरुद्ध गत बुधबारदेखि गौरमा प्रदर्शन सुरू भएको थियो । प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि गत शुक्रबार नै सरकारले सेवा केन्द्र विस्तार गर्ने निर्णय फिर्ता लिएको थियो । तर शनिबार गौर झन् तात्यो र स्थिति नियन्त्रण बाहिर जाने खतरा देखिएपछि स्थानीय प्रशासनले कफ्र्यू लगाउनुपर्यो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै