नेभिगेशन
अन्य

प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवास वालुवाटारमा बोलाएर सहमतिका साथ अगाडि बढ्न आग्रह गरेका छन् । आन्दोलनका कार्यक्रम फिर्ता गरेर संवाद र सहमतिका साथ आगाडि बढ्न प्रधानमन्त्री कोइरालाले एमाओवादी अध्यक्ष दाहाललाई आग्रह गरेका हुन् । दाहालहरुको साधारणसभा एवं पार्टीको प्रशिक्षण कार्याक्रममा भाग लिन पोखरा पुगेका पुष्पकमल दाहाललाई आइतबार प्रधानमन्त्री सुशील कोइरालाले बालुवाटारमा बोलाएका थिए । बालुवाटारमा प्रधानमन्त्रीसँग करिब आधा घण्टासम्म चलेको छलफलमा एमाओवादी अध्यक्ष दाहालले ठोस प्रस्ताव ल्याउनका लागि आग्रह गरेका थिए । उनले प्रधानमन्त्रीसँगको भेटमा सहमतिकै लागि आन्दोलन गर्नुपरेको भन्दै सहमतिका लागि ठोस प्रस्ताव ल्याउन आग्रह गरेको बताइएको छ । सत्तापक्षले सहमतिको ठोस प्रस्ताव ल्याएको अवस्थामा वार्तामा बस्ने जवाफ दिएर दाहाल बालुवाटारबाट बाहिरिएको बताइएको छ । प्रधानमन्त्रीले दाहाललाई नेपाल बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्ताबाटै निकास खोज्न आग्रह गरेका थिए । वार्तामा सहभागि वन मन्त्री महेश आचार्यले आन्दोलन होइन, सहमति गरेर अघि बढौं र मस्यौदा लेखनमा जाऔं भन्ने प्रस्ताव प्रधानमन्त्रीले राखेको जानकारी दिए । उनका अनुसार संघीयतामा समेत दलहरु धेरै नजिक रहेकाले साझा विन्दु खोजेर संविधानको मस्यौदा बनाउने प्रक्रियामा जान प्रधानमन्त्रीले आग्रह गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...