नेभिगेशन
अन्य

रामनाथ ढकाल निधनमा शोक प्रस्ताव पास गर्दै सोमबारको संविधानसभा स्थागित हुने

काठमाडौं । लामो समयपछि सोमबार बस्न लागेको संविधानसभाको बैठक नियमित कार्यसूचिमा प्रवेश नगरी स्थगित हुने भएको छ । एमाले पोलिटब्यूरो सदस्य एवम् पूर्व सभासद रामनाथ ढकालको आइतबार उपचारको क्रममा निधन भएपछि भोलि बस्ने संविधानसभाको बैठकमा उनको निधनमा सभाले शोक प्रस्ताव पारित गर्दै स्थगित हुने संविधानसभा सचिवालयले बताएको छ । सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले विगतको प्रचलन अनुसार भोलिको बैठक कार्यसूचिमा प्रवेश नगरी पूर्वसभासद ढकालको निधनमा शोक प्रस्ताव पारित गरी स्थगित हुने जानकारी दिए । संविधानका विवादित विषयमा दलहरुबीच चर्को मतभेद कायम रहँदा माघ २९ गतेदेखि अनिश्चितकालका लागि स्थगित संविधानसभाको बैठक सभाध्यक्षले सोमबारका लागि डाकेका थिए । संविधानका मुख्य विवादित विषयमा सहमति बिना संविधान निर्माण कार्य अघि बढ्न नसक्ने अडान लिदै आएको एमाओवादी र मधेसवादी दल लगायतको १९ दलले सहमति विना बैठक डाकेको भन्दै यसअघि भोलिको बैठक बहिष्कार गर्ने बताएका थिए । विषयमा प्रवेश नगरी पूर्वसभासद ढकालको निधनमा शोक प्रस्ताव पारित गर्ने बैठकमा एमाओवादी गठबन्धन उपस्थित हुने वा नहुने अहिलेसम्म कुनै टुंगोमा पुगेको छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै