नेभिगेशन
अन्य

आन्दोलनमा गए एमाओवादी मोर्चाको राजनीतिक भविष्य सकिने चेतावनी

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एमाओवादी सहितको ३० दलीय मोर्चा संविधान सभा छाडेर सडक आन्दोलनमा गएमा उनीहरुको राजनीतिक भविश्य समाप्त हुने चेतावनी दिएका छन् । दोश्रो संविधान सभा निर्वाचनबाट जनताले संविधान बनाउन पठाएको भन्दै सिटौलाले सडक आन्दोलनबाट फर्कन मोचालाई आग्रह गरे । प्रेस युनियन मोरङ शाखाले आइतबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा सिटौलाले भने, ‘जनताले दिएको म्यान्डेटलाई लत्याएर संविधान सभा छाडेर सडकमा जानु उग्रता हो । आन्दोलनले संविधान बन्दैन संविधान सभामा बसेर छलफल गर्नुपर्छ । सडकमा जाने कुरा तानाशाही विचार हने छ ।’ उनले दोस्रो संविधान सभा संविधान नबनेसम्म अवसान नहुने पनि बताए । ‘कुनैपनि हातलमा संविधान आउछ संविधान जारी हुने कुरालाई जुनसुकै आन्दोलनका हावाहुरीले रोक्न सक्दैन,’ सिटौलाले स्पष्ट पारे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै