नेभिगेशन
अन्य

पारस नेपाल आउँदा हिमानी भारततिर लागिन्

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह आइतबार नयाँदिल्ली जाने भएकी छन् । पूर्वयुवारज पारस शाह काठमाडौं आएको तीन दिनपछि उनी दिल्ली जान लागेकी हुन् । १९ चैतमा थाइल्यान्डबाट फर्केका पारससँग हिमानीले भेट गरेकी छैनन् । पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता दिल्ली जाने कार्यक्रम छ । उनको भ्रमणको चाँजोपाँजो मिलाउन हिमानी दिल्ली जान लागेको निर्मलनिवास स्रोतले जनाएको छ । दिल्लीमा यसपटक पूर्वरानी कोमल शाहको उपचारका लागि पूर्वराजपरिवारले केही समय खर्चिनेछ । ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमिल्सिना पनि हिमानीका साथमा आइतबारै नयाँदिल्ली जाने कार्यक्रम छ । ‘यसै साता पूर्वराजा पनि दिल्ली जानुहुन्छ,त्यसको चाँजोपाँजो मिलाउन पूर्वयुवराज्ञी दिल्ली जान लाग्नुभएको हो,’ निर्मलनिवास स्रोतले भन्यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...