नेभिगेशन
अन्य

अनिश्चितकालीन निषेधाज्ञा हटाएर वार्ता सुरु

रौतहट । सदरमुकाम गौरमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा आज बिहान ४ बजेदेखि हटाइएको छ । गौरमा केही दिनदेखि उत्पन्न असहज परिस्थिति सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले शनिबार दिउँसो २ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो । यसैबीच आन्दोलनरत पक्षको माग सम्बोधन गर्न नेपाल रेडक्रस सोसाइटीको मध्यस्थतामा शनिबार साँझ बसेको वार्तामा कुनै सहमति हुन नसकेपछि आज बिहान ७ बजेदेखि पुनः वार्ता सुरु गरिएको हो । नापी र मालपोत कार्यालयको सेवा केन्द्र चन्द्रपुर नगरपालिकामा विस्तार गर्ने सरकारी निर्णयविरुद्ध केही दिनदेखि प्रदर्शन हुँदै आइरहेको छ । परिस्थिति असामान्य बन्दै गएपछि सरकारले सेवा केन्द्र विस्तार गर्ने निर्णय फिर्ता लिएको थियो । सरकारले सेवा केन्द्र विस्तार गर्ने निर्णय फिर्ता लिए पनि आन्दोलन नरोकिएपछि प्रजिअ मदन भुजेलले आन्दोलरत पक्षलाई वार्तामा आउन लिखित आह्वान गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै