नेभिगेशन
अन्य

आन्दोलन दीर्घकालिन विद्रोहमा जान सक्छ : दाहाल

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ३० दलीय मोर्चाले गरेको आन्दोलन गम्भीर र दीर्घकालिन प्रकृतिको भएकाले द्धिर्घकालिन विद्रोहमा परिणत हुनसक्ने सम्भावना रहेको बताएका छन् । एमाओवादी नेतृत्वको मोर्चाले आयोजना गरेको अन्तरक्रियामा बोल्दै दाहालले आन्दोलन रहर नभएर आवश्यकता र वाध्यता भएको बताए । ‘यो आन्दोलन रहर हैन, आवश्यकता र वाध्यता हो’, उनले भने, ‘विगतमा भएका सम्झौता र सहमति कार्यान्वयनका लागि यो आन्दोलन हो ।’ उनले १२ बुँदेदेखि जनआन्दोलन, शान्ति सम्झौता, मधेश आन्दोलन लगायतका क्रममा भएका सम्झौता र सहमति कार्यान्वयन गराउनका लागि नै यो आन्दोलनको आवश्यकता परेको बताए । ‘आन्दोलन सत्ता परिवर्तन, व्यवस्था परिवर्तन र सरकार परिवर्तनका लागि गर्दैछैनौं,’ उनले भने । विगतमा भएका सम्झौता र सहमति कार्यान्वयनका लागि मात्र यो आन्दोलनको आवश्यकता पर्यो भन्दा खासै ठुलो नलागेपनि यसभित्र गम्भिर कुरा लुकेको उनले स्पष्ट पारे । ‘यसरी हेर्दा यो आन्दोलनका माग त्यति ठुलो लाग्दैन जस्तो नलाग्ला तर अर्कोेतर्फबाट हेर्दा यो आन्दोलन धेरै गम्भीर, दीर्घकालिन प्रकृतिको र धेरै ठूलो विद्रोहमा परिणत हुनसक्ने सम्भावना र आवश्यकता पनि यसभित्र लुकेको छ,’ दाहालले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...