नेभिगेशन
अन्य

सेवाग्राही नआएपछि सरकारी कार्यालयको बिहानी सेवा प्रभावहीन

भक्तपुर । सरकारले सेवाग्राहीको बढी चाप हुने सरकारी निकायमा गत पुस १ गतेदेखि सुरु गरेको १२ घण्टे सेवाअन्तर्गत बिहानीको सेवा प्रभावहीन भएको छ । सेवाग्राहीको मुख्य चाप रहने जिल्लाको मालपोत र नापी कार्यालय मै सेवाग्राही नआएपछि बिहानको सेवा प्रभावहीन भएको हो । बिहान ६ देखि १० बजेसम्म एउटै सेवाग्राही नआउने गरेको मालपोत कार्यालयका कर्मचारीको भनाइ छ । बिहान १० बजेदेखि ५ बजेसम्म मात्र कार्यालय हुदाँ पनि मध्याह्न १२ बजेपछि मात्रै सेवाग्राहीको चाप बढ्ने गरेको बताउँदै उनले आर्थिक कारोबार दिउँसो गर्ने र मालपोतमा रहेको बैंकको कारोबार १० बजेपछि मात्रै सञ्चालन हुने भएकाले पनि सेवाग्राहीले बिहानको सेवामा नआउने गरेको स्पष्ट पारे । मालपोत कार्यालयका अधिकृत गोविन्द आचार्यले दिउँसोको मात्रै सिफ्ट हुँदा पनि सेवाग्राहीको चाप बढ्दा ६ बजेसम्म नै सेवा दिने गरेको बताउँदै १२ घण्टे सेवा जुन उद्देश्यले लागु गरेको हो त्यो पूरा नभएको बताए । मालपोत कार्यालय प्रशासन शाखाका नासु नारायणप्रसाद भट्टराईले बिहानी सेवा सञ्चालनले कर्मचारी अभाव भएपछि आलोपालो गरेर कर्मचारीको व्यवस्थापन गरिएको उल्लेख गरे । यता नापी कार्यालयमा पनि बिहानी सेवा प्रभावकारी नभएको कार्यालयका कर्मचारीले बताएका छन् । मालपोत कार्यालयमा काम भएपछि मात्रै नापीमा काम हुने भएकाले पनि यहाँको सेवा प्रभावकारी नभएको हो । बिहानी सेवामा कर्मचारी आएपनि सेवाग्राही नआउँदा यसको कुनै अर्थ नभएको कार्यालयको भनाइ छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...