नेभिगेशन
अन्य

विद्युत आयोजना स्थलमा अवरोध हुन थालेपछि १० प्रतिशत सेयर दिने तयारी

काठमाडौ । सरकारले जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयलाई १० प्रतिशतसम्म सेयर दिनुपर्ने गरी कानूनी ब्यवस्था गर्न लागेको छ । स्थानीयले आयोजनासँग सेयर माग्दै अवरोध गर्ने क्रम बढेपछि सरकारले विद्युत ऐन संसोधन विधेयक तयार गरी १० प्रतिशतसम्म सेयर सुनिश्चित गरेको हो । ७५ बुँदा रहेको विधेयकमा आयोजना प्रवर्द्धकले सर्वसाधारणलाई सेयर अनिवार्य भने गरेको छैन् । माथिल्ला तामाकोसी, रसुवागढी, मध्यभोटेकोसी, सान्जेन, कावेली बी लगायत पछिल्लो समय निर्माणाधीन र निर्माण चरणमा रहेका धेरै आयोजनाले स्थानीयलाई १० प्रतिशतसम्म सेयर लगानीको ब्यवस्था गरेका छन् । सेयर दिने कानूनी प्रावधानले आयोजनामा स्थानीयबाट हुने धेरै समस्या समाधान हुने अपेक्षा गरिएको छ । विधेयकले प्रभावित स्थानीयका अन्य अधिकार पनि सुनिनिश्चत गरिएको छ । आयोजनाको बाँध र विद्युतगृहबाट ५ सय मिटरसम्म बसोबास गर्नेलाई प्रति परिवार २० युनिट बिजुली निःशुल्क दिनुपर्ने ब्यवस्था गरेको छ । आयोजना प्रभावित जिल्लाका ब्यक्तिको योग्यताका आधारमा रोजगारी दिनुपर्ने ब्यवस्था पनि छ । यस्तै आयोजना निर्माणका क्रममा प्रवर्द्धक कम्पनीले विदेशबाट आवश्यक उपकरण पैठारी गर्दा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) छुट गरिएको छ । १ प्रतिशत भन्सार शुल्क प्रस्ताव गरिएको छ । कारोबार दैनिकमा खबर छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...