नेभिगेशन
अन्य

गणेशमान बलिदानी पदयात्रा चितवनको माडीमा

चितवन । नेपाली काँग्रेसले स्वर्गीय नेता गणेशमान सिंहले जेल तोडेर भारत ाँदा प्रयोग गरेको ऐतिहासिक मार्गमा गणेशमान बलिदानी पदयात्रा सुरु गरेको छ । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आज नारायणगढस्थित पार्टी कार्यालयबाट दोस्रो चरणको पदयात्रा सुरु गरेको हो । पदयात्रा सुरु गर्नुअघि नारायणगढमा २००७ र २०१८ सालमा चितवनमा भएको सशस्त्र संघर्षमा लागेका ६६ जना योद्धाहरूलाई सम्मान गरिएको थियो । सो अवसरमा नेपाली काँग्रेसका उपसभापति एवम् प्रतिष्ठानका संयोजक रामचन्द्र पौडेलले गणेशमान सिंहले देखाएको त्यागको अनुशरण गर्न सक्नुपर्नेमा जोड दिए । उनले नेपाली काँग्रेसले सबै आफूले भनेको जस्तो हुनुपर्छ नभनेको भन्दै साझा बाटोको खोजी गरी यथाशक्य चाँडो संविधान बनाउने पक्षमा काँग्रेस रहेको बताए । पदयात्राका क्रममा उपसभापति पौडेलले भरतपुर उपमहानगरपालिकाको माछापुच्छे« चोक, गितानगर, पटिहानी र नारायणी नगरपालिकाको जगतपुरमा सम्बोधन गर्र्दै पदयात्राको महत्व र अहिलेको राजनीतिक परिवेशको बारेमा जानकारी गराएका थिए । पदयात्राका क्रममा विहिवार साँझ माडीमा कोणसभा गरी वसन्तपुरमा पुगेर आजका लागि पदयात्रा टुङ्गिने बताइएको छ । शुक्रवार बिहान वसन्तपुरमा कार्यकर्ता भेलापछि कल्याणपुर, अयोध्यापुरी हुँदै नेपाली काँगे्रस चितवनले ठोरीमा पुगेर पर्सा जिल्लालाई पदयात्रा हस्तान्तरण गर्ने नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले बताए । पदयात्रा पर्साको ठोरी, मकवानपुरको भिमफेदी हुँदै चैत २३ मा काठमाडौँ पुग्नेछ । गणेशमान सिंह जन्मेको एक सय वर्ष पुगेको अवसरमा पदयात्रा गरिएको होे । पदयात्राको दोस्रो दिन भोलि नेता सिंहका छोरा तथा पार्टीका महामन्त्री र सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंह पनि सहभागी हुन विहिवार चितवन आइसकेका छन् । विसं २००७ सालको क्रान्तिको तयारीमा सक्रिय रहेका बेलामा गणेशमान सिंह सोही वर्षको असोज २७ मा चितवन नजिकको ठोरीमा समातिएका थिए । चितवन हुँदै ठोरी पुगेर क्रान्तिको तयारीमा लागेका बेला पक्राउ परेपछि सिंहलाई पर्साको वीरगञ्ज हुँदै मकवानपुरको भीमफेदीबाट काठमाडौँ लगिएको थियो । राणा विरोधी आन्दोलनमा पक्राउ परेर जेलमा रहेका गणेशमान भद्रगोल जेलको पर्खाल नाघेर भाग्नुभएको थियो भने काठमाडौं, धादिङ, गोरखा हुँदै सो बेला उहाँ रुपन्देहीबाट भारत छिर्नुभएको थियो । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै