नेभिगेशन
अन्य

सहमतिका लागि पर्खाइको अन्त्य भयो :खनाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान लेखनमा सहमति गर्ने पर्खाइको अन्त्य भएको बताएका छन् । प्रेस चौतारी नेपालले आज आयोजना गरेको एमाले केन्द्रीय प्रचार विभागका नयाँ प्रमुखमा र उपप्रमुखलाई स्वागत तथा निवर्तमान प्रमुखको विदाई कार्यक्रममा उनले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले यही चैत २३ गते संविधानसभाको बैठका बेलाएकाले अब सहमतिको पर्खाइको समय अन्त्य भएको बताए । खनालले भने, “वार्ताको क्रम र पर्खाइ धेरै लामो भयो, अब त्यो अन्त्य भएको छ तर सहमतिका लागि वार्ताको ढोका चाहीँ खुल्ला छ, जतिसक्दो छिटो सहमति गरेर संविधान जारी गर्नुपर्छ ।” संविधान बन्नेमा पूर्ण विश्वत हुन आग्रह गर्दै उनले पूर्णरूपमा आत्मविश्वासका साथ सहमति गरेर अघि बढेका संविधान जारी गर्न ढिलाइ नहुने विचार व्यक्त गरे । एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले कतिपय अवस्थामा पार्टीलाई नखाएको विष लाग्ने गरेको गुनासो गर्दै चिकित्सक डा गोविन्द केसीको अनशनलाई लिएर विभिन्न ढङ्गले नकारात्मकरूपमा पार्टीलाई चित्रण गरेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...