नेभिगेशन
अन्य

धर्मनिरपेक्षता भन्दैमा जे पायो त्यही गर्न पाइदैन :उपप्रम सिंह

रत्ननगर । उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले धर्मनिरपेक्षता भन्दैमा जे पायो त्यही गर्ने छुट कसैलाई नभएको प्रष्ट्याएका छन् । भरतपुर–१२ मा रहेको एक मन्दिरमा यही १२ गतेदेखि आयोजित श्रीराम कथा आनन्द महोत्सवमा आज दिउँसो पुगेका उपप्रधानमन्त्री सिंहले कहिँकतै जवरजस्ती धर्म परिवर्तन गराएको भन्ने सुन्नमा आएको भन्दै कुनै पनि धर्म मान्नेहरूले प्रलोभन, धाकधम्की दिएर धर्म परिवर्तन गराउन खोजे कानुनले छुट नदिने बताए । कसैको धर्मलाई कसैले पनि विभेद गर्न नहुनेमा जोड दिँदै उनले संविधानमै यस्ता गतिविधि गर्नेलाई कारबाही गर्ने उल्लेख हुने भएकाले धर्म निरपेक्षतामा कोहीपनि डराउन नहुने बताए । वार्ताको माध्यामबाट निकासका लागि संविधानसभा स्थगित भएको उल्लेख गर्दै उनले सहमति निकाल्ने प्रयास जारी रहेको बताए । २३ गतेसम्ममा पनि सहमति नजुटे प्रक्रियामै गएर भएपनि संविधान जारी गर्ने पनि उनले उल्लेख गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...