नेभिगेशन
अन्य

पेट्रोलियम पदार्थको मूल्य एक रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटरमा एक रुपैयाँको दरले घटाएको छ । बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाइएको निगमले जनाएको छ । घटेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ९, डिजेल र मट्टितेल प्रतिलिटर ८६ रुपैयाँ ५० पैसा कायम गरिएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएपछि निगमले मूल्य समायोजन गरेको हो । निगमले गत असोज १३ गतेदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । त्यसयता लगातार प्रतिलिटर पेट्रोलको मूल्य २५ रुपैयाँ ५० पैसा र डिजेलको तथा मट्टितेलको मूल्य १९ रुपैयाँले घटेको थियो । तर, गत फागुन २२ गते भने पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि पहिलोपटक प्रतिलिटर एक रुपैयाँले बढेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै