नेभिगेशन
अन्य

पारस आएर तर निर्मल निवास गएनन्

काठमाडौं । बैंककमा लामो प्रवासपछि स्वदेश फर्केका पूर्व युवराज पारस शाह निर्मल निवासको साटो परिवारले व्यवस्था गरेको वैकल्पिक आश्रयमा पुगेका छन् । हाललाई धुम्बाराहीस्थित कुण्डलिनीमा उनको बसाईको व्यवस्था गरिएको छ । बिहीबार थाई एयरवेजको विमानबाट ओर्लिएर उनी सिधै कुण्डलिनी पुगेका हुन् । विमानस्थलमा र कुण्डलिनीमा भित्रिएपछि पारसले अभिव्यक्ति नदिएपनि तत्काल निर्मल निवासमा उनको प्रवेश नहुने दुखद निर्णय पूर्व राजपरिवारले गरेको निकट स्रोतले जानकारी दिएको छ । ‘उहाँका विगतका गतिविधि, आफ्ना परिवारजनप्रति उहाँको व्यबहार तथा उहाँमाथि भएका कानुनी कारबाहीबाट परिवारमाथि परेको असर र उहाँको हालको स्वास्थ्य अवस्था र आवश्यकीय उपचार व्यवस्थाका लागि सुधार केन्द्रमा बस्नुपर्ने रअब हुने आचरण र व्यवहार समेतलाई मध्यनजर गरी हाललाई धुम्बाराहीस्थित कुण्डलिनीमा बस्ने व्यवस्था मिलाइएको छ’, सुत्रले बतायो । उनलाई लिनका लागि समेत परिवारको कोहि सदस्य बिमानस्थल पुगेका थिएनन् । केहि उनका सर्मथकहरु बिमानस्थलमा पुगेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै