नेभिगेशन
अन्य

गोविन्द केसीले दिउँसो साढे ३ बजे अनशन तोड्दै

काठमाडौ । मेडिकल माफियाविरुद्ध आमरण अनशन बसेका डा. गोविन्द केसीले आफ्नो अनशन जुत्ता सिलाउने मजदुरको हातबाट तोडाउने इच्छा व्यक्त गरेका छन् । सरकारसँगको सहमतिपछि अहिले साढे ३ बजे केसीले अनशन तोड्दैछन् । केसीले शिक्षण अस्पतालको गेट अगाडि जुत्ता सिलाउने मजदुर मोचीको हातबाट अनशन तोडाउने ईच्छा व्यक्त गरेका हुन् । ‘अस्पतालको गेट अगाडिको जुत्ता सिलाउने भाई भेटियो भने उसैको हातबाट अनशन तोडाउछु’, केसीले भने,‘नभेटिए कोही विरामीको हातबाट खान्छु ।’ अनशन तोडाउन प्रधानमन्त्री सुशील कोइराला वा कुनै मन्त्री उपस्थित हुने चर्चा भए पनि डा। केसीले सरकारी व्यक्तिबाट अनशन तोड्ने ईच्छा देखाएका छैनन् । अघिल्लो पटक अनशन तोड्दा पनि केसीले बालिकाको हातबाट जुस पिएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै