नेभिगेशन
अन्य

धादिङको जोगिमारामा बस ठोकिदा ४ को मृत्यु

धादिङवेशी । धादिङको जोगिमारामा सोमबार विहान दुईवटा बस ठोक्किँदा पर्यटकसहित ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । काठमाडौंबाट कपिलवस्तु जाँदै गरेको लु १ ख ४५९३ बस र पोखराबाट काठमाडौं आउँदै गरेको पर्यटक सवार बा १ प १००२८ नम्बरको माइक्रो बस जोगिमारा ९ खटौटी खोलामा ठोक्किएका हुन् । दुर्घटनामा पर्यटक सवार बसका चालकसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश मल्लका अनुसार मृतक विदेशी पर्यटकसमेत छन् । उनीहरुको सनाखत भैसकेको छैन । घाइतेहरुको जोगिमारा अस्पतालमा उपचार भैरहेको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय जोगिमाराको टोली, ट्राफिक प्रहरी र स्थानीयबासी उद्धारमा खटिएका छन् । दुर्घटनापछि केहीबेर अबरुद्ध पृथ्वी राजमार्ग अहिले एकतर्फी सन्चालमा ल्याइएको छ । यसैबीच सोमबार विहानै झापा र कैलालीमा भएका बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...