नेभिगेशन
अन्य

नेपाल पत्रकार महासंघ ६० वर्षमा

काठमाडौं । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ ६० औं वर्षमा प्रवेश गरेकोे छ । यस अवसरमा महासंघले शुभकामना व्यक्त गरेको छ । स्थापना दिवसका अवसरमा महासंघले सोमवार विहान भृकुटीमण्डपबाट शान्तिबाटिकासम्म प्रभातफेरी र दिउँसो प्रज्ञाभवन कमलादीमा जलपान कार्यक्रम आयोजना गरेको छ । महासंघ अध्यक्ष महेन्द्र विष्टले जस्तो सुकै प्रतिकूल अवस्थामा पनि श्रमजीवी पत्रकारको हकहित, लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई सशक्तरूपमा लागिरहन आह्वान गरेका छन् । महासंघले संक्रमणकालबाट गुज्रिरहेको मुलुकलाई सहमति, सहकार्य र विश्वासको आधारमा संविधान निर्माणको गहन जिम्मेवारी पूरा गर्नसमेत विज्ञप्तिमार्फत् आग्रह गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै