नेभिगेशन
अन्य

एमाले नेता ढकाललाई स्वाइन फ्लूसंगै निमोनिया, दिल्ली लाने तयारी

काठमाण्डौ । एमाले नेता रामनाथ ढकाल स्वाइन फ्लू संक्रमणका कारण गम्भिर बिरामी परेका छन् । स्वाइन फ्लूसँगै नियमोनियाको समेत समस्या देखिएपछि गम्भिर रहेका ढकाललाई थप उपचारका लागि दिल्ली लाने तयारी थालिएको छ । धापासीस्थित ग्राण्डी अस्पतालको सघन उपचार कक्ष(आईसीयु)मा राखेर उपचार भइरहेको बताइएको छ । केही दिनदेखि रुघाखोकीबाट ग्रस्त रहेका ढकाल शुक्रबार मात्र उपचारका लागि ग्राण्डी अस्पताल भर्ना भएका थिए । परिक्षणका क्रममा स्वाईन फ्लूको संक्रमण पाइएको थियो । ढकाललाई निमोनिया र रगतमा ह्वाइट ब्लड सेलको कमी भएका कारण अबस्था थप गम्भिर भएको एमाले नेताहरुले जनाएका छन् । एमाले नेताहरुका अनुसार उनलाई आइतबार एयर एम्बुलेन्समार्फत् उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल लैजाने तयारी भइरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...