नेभिगेशन
अन्य

प्रभु साहलाई अध्यक्षको हत्या गर्ने योजना बनाएको एमाओवादी भित्रैबाट आरोप

वीरगन्ज । एमाओवादीका नेताहरुले पोलिटब्यूरो सदस्य प्रभु साहले अध्यक्ष पुष्पकमल दाहालको हत्या गर्ने योजना बुनिरहेको तथ्य एमाओवादी नेताहरुले नै खुलासा गरेका छन् । अध्यक्ष दाहालको हत्याको योजना बाबुराम पक्षधर नेताहरुबाट भइरहेको ती नेताले खुलासा गरेका हुन् । वीरगन्जमा शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य एंव सभासदहरु अशोक जयसवाल र सत्यनारायण भगतले साहले अध्यक्ष दाहालको हत्याको योजना बनाउन एमाओवादी कै नेता प्रभु साह लागिरहेको खुलासा गरे । पोलिटब्यूरो सदस्य साह नेता बाबुराम भट्टराई पक्षधर हुन् भने जयसवाल र भगत अध्यक्ष दाहाल पक्षका हुन् । सभासद एंव केन्द्रिय सदस्य जयसवालले पत्रकार सम्मेलनमा भने–‘केही समय यता अध्यक्ष जीले आफु असुरक्षित भएको भन्दै आउनु भाको छ ,यसको कारक प्रभु साह पनि हुन् ।’ जयसवालले जिल्लामा आफु सहितका केही नेताहरुको हत्याका लागि साहले गिरोह नै परिचालन गरेको बताए । उनले साह अपराधिक गिरोहका नाइके रहेको भन्दै साह राजनीतिको खोल ओढेको अपराधिक गिरोहको सरदार नै भएको ठोकुवा गरे । २०६३ साल चैतमा भएको गौर हत्याकाण्डको मुख्य योजनाकार पनि साह नै रहेको भन्दै केन्द्रिय सदस्य जयसवालले साहकै निर्देशनमा वीरगन्जमा हिन्दु युवा संघका अध्यक्ष काशीनाथ तिवारीको पनि हत्या भएको जिकिर गरे । तिवारीको हत्यामा साह संलग्न भएको तथ्य यो भन्दा अगाडि समेत सार्वजानिक भइसकेको थियो । साह मन्त्री भएको समयमा तिवारीकी श्रीमतिलाई एकजना नापिका हाकिम प्रयोग गरेर पैसाको प्रलोभन देखाएको तथ्य समेत सार्वजानिक भएको थियो । उनीहरुले नेता बाबुराम भटटराइले संरक्षण दिएकाले पार्टी अध्यक्ष दाहालले साहलाइ कार्वाही गर्न नसकेको भन्दै सो योजनामा भट्टराईको समेत संलग्नता हुन सक्ने बताए । साहलाई कार्वाही गर्न अध्यक्ष दाहाल सहमत भएको समेत बताए । सभासद जयसवालले भने, ‘तर खास मान्छे भएकाले बाबुराम उनको कभर भएर उभिएका छन् । पत्रकार सम्मेलनमा अर्का केन्द्रिय सदस्य एंव सभासद भगतले पार्टीका नेताहरुको हत्या गर्ने योजनमा साहको प्रत्यक्ष संलग्नता रहेको जिकिर गरे । गौर हत्याकाण्ड उनकै निर्देशनमा भएको भन्दै उनले भने, ‘प्रभु साहले नै जानाजानी एकै ठाँउमा फोरमसंग कार्यक्रम जुधाएर गौर नरसंहार मच्चाएका हुन् ।’ प्रभु साहकै असमक्षता र षडयन्त्रका कारण संविधानसभाको दोश्रो निर्वाचनमा भोजपुरा क्षेत्रको १७ सिट मध्ये १५ सिटमा एकीकृत नेकपा माओवादीले चुनाव हारेको उनले बताए । पत्रकार सम्मेलनमा एमाओवादीका रौतहट जिल्ला इन्चार्ज विन्देश्वर राय यादवले साहलाइ कार्वाही गर्न पार्टी केन्द्रिय कार्य समितिसंग माग गरे । पार्टी नेतृत्वले साहलाइ कार्वाही नगरे बैशाखको पहिलो साता पछि रौतहटका जनताले प्रतिकार गरेर साहलाइ जिल्लाबाट लखेटने चेतावनी पनि उनले दिए । पत्रकार सम्मेलनमा एकीकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार गणेश बस्नेत ,केन्द्रिय परिषद सदस्यद्धय रामानन्द महत्तो चन्दन र चन्द्रिका मुखिया लगायतका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै