नेभिगेशन
अन्य

चैते दशैं आज, देवीको पूजा आराधना गरि मनाइँदै

काठमाडौं । आज चैते दसैं शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाइँदैछ । चैते दसैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने परम्परा छ । असुर शक्तिमाथि दैवीशक्तिको जित तथा असत्य माथि सत्यको विजयका रुपमा लिईने दसैंको नेपाली समाजमा महत्वका साथ हेरिन्छ । वर्षमा दुईपटक चैत र असोजमा मनाईने दसैंका अवसरमा गरिने दुर्गा पूजाको विशेष महत्व छ । समाजमा चैते दसैलाई असोजमा मनाइने बडादसैं भन्दा कम महत्वको दिने गरिएको भएपनि देवी देवताका मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने, मान्यजनबाट टिका ग्रहण गर्ने परम्परा भने यस दसैंमा पनि रहेको छ । चैते दसैंको दिन काठमाडौंको दक्षिणकाली, शोभाभगवती, गुहृयेश्वरी, नक्शाल भगवती, संकटा, कालिकास्थानका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनी लगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...