नेभिगेशन
अन्य

सेतो मछिन्द्रनाथको जात्रा आजबाट

काठमाडौं । काठमाडौं उपत्यकामा मनाईने सेतो मछिन्द्रनाथको रथ जात्रा शुक्रबारबाट सुरु हुदैछ । सेतो मछिन्द्रनाथको रथ साँझ ५ बजे जमलको तीन धाराबाट तानेर असनसम्म लगिने रथजात्रा मुल व्यवस्थापन समितिले जनाएको छ । जात्रा अवलोकनमा लागि उपराष्ट्रपति परमानन्द झा साँझ असन पुग्ने कार्यक्रम रहेको छ । उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउँन रथलाई नगर परिक्रमा गराउँने चलन अनुसार रथलाई नगर घुमाइन्छ । वर्षा र सहकालका देवता मानिने सेतो मछिन्द्रनाथको यात्राका लागि रथ बनाउँने देखि व्यवस्थापकीय कार्यसम्म सम्पन्न भैसकेको जात्रा व्यवस्थापन समितिले जनाएको छ । सेतो मछिन्द्रनाथको र्दशन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास छ । चैत १७ गतेसम्म हुने रथयात्राका लागि स्थानीय सर्वसाधारणले उल्लेख्य सहयोग गरेको सेतो मच्छिन्द्रनाथ रथजात्रा व्यवस्थापन समितिले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...