नेभिगेशन
अन्य

अध्यक्ष ओली र नेता भट्टराईबीच भेटवार्ता

भक्तपुर, १२ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईबीच बोलकोटस्थित ओली निवासमा भेटवार्ता भएको छ । ओली निवासमा बुधबार राति पुगेका नेता भट्टराई र अध्यक्ष ओलीबीच एमालेको स्थायी समिति बैठक सम्पन्न भएपछि राति अबेर भेटवार्ता भएको हो । करिब एकघण्टा भएको भेटवार्तामा दुई नेताबीच वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्नेबारेमा छलफल भएको ओली निवास स्रोतले जानकारी दिएको छ । राजनीतिक गतिरोध अन्त्य गर्ने, विवादित विषयलाई मिलाउन वैकल्पिक मार्गको खोजी गर्ने र सहमतिबाटै अगाडि बढ्ने बारेमा दुई नेताबीच कुराकानी भएको बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...