नेभिगेशन
अन्य

राष्ट्रपति यादव आजबाट चीन भ्रमणमा

काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव आज चीन भ्रमणमा जाने भएका छन् । उनी दक्षिण चीनको उष्ण प्रदेशीय टापु हैनानस्थित बोआओ सहरमा १५ सम्म हुने बोआओ एसिया फोरमको वार्षिक सम्मेलनमा सहभागी हुन राष्ट्रपति चीन जान लागेका हुन् । उनी दिउँसो चीन प्रस्थान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिको यो दोस्रो चीन भ्रमण हुनेछ । तर यस पटक पनि उनको चीन भ्रमण राजकीय होइन । बोआओमा उनले चिनियाँ समकक्षी सी जिनपिङसँग साइडलाइन वार्ता गर्ने भएका छन् । चीनले नेपालाई आर्थिक प्याकेज सहयोग गर्ने बताइएको छ । ‘एसियाको नयाँ भविष्य एक समुदायको साझा गन्तव्य’ भन्ने नारा बोकेको उक्त फोरमको उद्देश्य ‘एसिया र विश्वबाट द्वन्द्व एवं विवादलाई किनारा लगाएर शान्ति र समृद्धिका लागि सबै एकजुट हुने समावेशी विकासलाई प्रोत्साहन गर्नु’ हो । क्षेत्रीय सहयोग, राजनीतिक तथा सामाजिक सुरक्षा, न्याय, नयाँ कृषि र प्रविधिलगायत छ दर्जनभन्दा बढी फरक–फरक विषयमा यस पटकको सम्मेलनमा छलफल हुँदैछ । जसमा विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरू, दुई दर्जन मन्त्री तथा विशेषज्ञ व्यक्ति, व्यापारीसहित २ सय जनाभन्दा बढीले आफ्नो धारणा राख्नेछन् । बोआओलाई गैरराजनीतिक र परिमाणमुखी मञ्चका रूपमा विकास गराउने नीति चिनियाँ संस्थापनको रहे पनि आशातीत सफलता मिलेको छैन । यसले क्षेत्रीय र विश्वव्यापी विकासका मामलामा कुनै विशेष योजना दिन सकेको छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै