नेभिगेशन
अन्य

सेतो मच्छिन्द्रनाथ रथजात्राको तयारी पूरा

काठमाडौँ । शुक्रवारदेखि सुरु हुने सेतो मच्छिन्द्रनाथको रथजात्राको सम्पूर्ण तयारी पूरा भएको छ । सेतो मच्छिन्द्रनाथ रथजात्रा व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले भोलिदेखि १७ गतेसम्म हुने रथयात्राको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै रथयात्राका लागि स्थानीय जनता र सरकारी पक्षबाट पर्याप्त सहयोग पाएको बताए । समितिका सचिव सुजीव बज्राचार्यले सेतो मच्छिन्द्रनाथ रथजात्रा सम्पन्न गर्न जनस्तरबाट गठन गरेको समितिबाट विभिन्न कार्यहरु भइरहेको र रथजात्रा अवलोकन तथा दर्शन गर्न उपराष्ट्रपति परमानन्द झाको उपस्थिति हुने जानकारी दिए । कार्यक्रममा हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख नरेन्द्रविलास बज्राचार्यले महानगरपालिकाबाट जात्राका लागि आवश्यक सहयोग प्रदान गर्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै