नेभिगेशन
अन्य

क्रियाशील सदस्यता बितरण पारदशी नभएको देउवापक्षको आरोप

काठमाडौँ । नेपाली काँग्रेस पार्टीमा देखिएको क्रियाशील सदस्यता विवादमा वरिष्ठ नेता शेरबहादुर देउवा निकट जिल्ला सभापतिको भेलाले सदस्यता वितरण पारदर्शी नभएको आरोप लगाएका छन् । देउवा निवास बुढानीलकण्ठमा भएको सो भेलाले पार्टीको आसन्न १३ औँ महाधिवेशनको तयारीका क्रममा विभिन्न जिल्लामा संस्थापन पक्षले जिल्ला सभापतिलाई नै वाइपास गरी सदस्यता वितरण गरेको आरोप लगाएको छ । सहभागी जिल्ला सभापतिहरुले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार मात्र नयाँ सदस्यता वितरण हुनुपर्ने माग गरेको भेलामा सहभागी केन्द्रीय सदस्य डा प्रकाशशरण महतले बताए । भेलामा आसन्न महाधिवेशनको तयारीका बारेमा छलफल हुनुका साथै सभापतिले सदस्यता वितरणमा आफूले पनि पक्षपात नगर्ने र संस्थापन पक्षबाट पनि नहोस् भन्नेमा जोड दिएको नेता महतले जानकारी दिए । काँग्रेसको आसन्न महाधिवेशनको तयारीका क्रममा विभिन्न जिल्लामा आफ्ना पक्षका क्रियाशील सदस्यता वृद्धि गर्न दुवै पक्षबीच होडबाजी चलेको देखिन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै