नेभिगेशन
अन्य

काठमाडौंमा बसेर विदेशी बैंकको पैसा चोर्ने पक्राउ

काठमाडौं । काठमाडौंमा बसेर एटीएम कार्डमार्फत फ्रान्स र स्वीडेन लगायतका देशका बैंकमा रहेको पैसा चोर्ने एक व्यक्ति पक्राउ परेका छन् । यो घटनासँगै अन्तरराष्ट्रिय अपराधिक गिरोहले मार्टर तथा एटीएम कार्डमार्फत विदेशी बैंकको रकम चोरी गर्नका लागि नेपाललाई ट्रान्जिट पोइन्ट बनाउने गरेको रहस्य नेपाल प्रहरीले उजागर गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले एक सय ७९ एटीएम कार्डसहित बुल्गेरियन नागरिकलाई पक्राउ गरेपछि यस्तो अपराधको रहस्य बाहिर आएको हो । पक्राउ परेका पेटोस्लाभ रिस्टोभका साथबाट प्रहरीले १ करोड २० लाख ८ हजार रुपैयाँसमेत बरामद गरेको छ ।रिस्टोभलाई बुधबार नै पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।साथै प्रहरीले नेपालका बैंकहरुबाट पनि एटीएममार्फत चोरी हुनसक्ने भन्दै एटीएम प्रयोगकर्ता बैंक र सेवाग्राहीलाई सजग समेत गराएको छ । ठमेलका विभिन्न एटीएम सेन्टरहरुबाट शंकास्पदरुपमा रकम निकालेपछि हिमालयन बैंकले प्रहरीलाई खबर गरेको थियो । मास्क लगाएर एटीएम सेन्टरमा प्रवेश गरेका उनले धेरैवटा एटीएम कार्डबाट पैसा निकालेका थिए । त्रिदेवीमार्गस्थित टेम्पल टाइगर अपार्टमेन्टस्थित रिस्टोभको कोठाबाट प्रहरीले १७९ थान एटीएम कार्ड, १० लाख नेपाली रुपैयाँ, ५७ हजार २ सय युरो र ४० हजार अमेरिकी डलरका साथै ल्यापटप बरामद भएको छ । पेसाले होटल म्यानजेर रहेका उनी पछिल्लो ६ महिनामा मात्र ४ पटक नेपाल आएका छन् । उनले एटीएमबाट एक पटकमा १० हजारका दरले पैसा निकाल्ने र तत्काल मनी चेन्जरमा गएर साट्ने गरेको पाइएको छ । बैंकका अधिकारीले सीसीटीभीको फुटेजका आधारमा शंका गरेपछि एटीएम मेसिन नै बन्द गरेका थिए । लगत्तै प्रहरीलाई सीसीटीभी फुटेज उपलब्ध गराएपछि बुल्गेरियन नागरिक रिस्टोभ पक्राउ परेका हुन् । सीआईबीको अनुसन्धानका क्रममा विदेशका बैंकको चोरी भएको डाटा लिएर नेपाल आएका रिस्टोभले नेपालस्थित विभिन्न बैंकको एटीएमबाट पैसा निकाल्ने र विदेश फर्कने गरेको पाइएको छ । यसअघि विदेशी बैंकको रकम एटीएम कार्डमार्फत चोरी गर्ने एक टर्किस नागरिक पनि १८ लाखसहित पक्राउ परेका थिए । दुबैको चोरी प्रकृति एउटै छ । सीआईबी प्रमुख डीआईजी मेहन्त मल्ल ठकुरीले भनेÞ–‘उनी कसैले दिएको डाटा लिएर नेपाल आएको देखिन्छ । उनले कार्ड पनि सँगै लिएर आएका छन् ।’ प्रहरीले बरामद गरेको एटीएम तथा मार्टर कार्डहरुमा पेपर टेप टाँसेर पासवर्डसमेत लेखिएको पाइएको छ ।विदेशी बैंकको रकम नेपालमा चोरी भएकाले नेपालको बैंकको अन्य रकम पनि देशमा चोरी हुन सक्ने भन्दै प्रहरीले बैंकहरु सजग हुनुपर्ने बताएको छ । सीआईबीका अनुसार अपराधिक गिरोहले नेपालमा आएर विदेशी बैंकको रकम एटीएम कार्डमार्फत चोरी गरे पनि सम्वन्धित बैंकले भने दाबी गर्न आएका छैनन् । रिस्टोभ पक्राउ परे पनि अहिलेसम्म सम्वन्धित बैंकहरुले कुनै सम्पर्क गरेका छैनन् । यसअघि बरामद भएको १८ लाख अदालतमै छ । नेपालमा बरामद भएको रकम ठूलो मात्रामा भए पनि धेरैको खाताबाट निकालिएको छ । बैंकहरुले वीमाबाट त्यसलाई पूर्ति गरेको हुन सक्ने सीआईबीको अनुमान छ । रकम दाबी गर्ने प्रक्रिया पनि झञ्झटिलो हुने भएकाले विदेशी बैंकहरु मौन बसेको हुन सक्ने अनुमान छ । एटीएमबाट रकम निकालेको बैंकहरुलाई तत्काल थाहा हुने भए पनि हराएको दाबी गर्दा बैंकको साखमा असर पर्ने भएकाले उनीहरुले दाबी नगरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै