नेभिगेशन
अन्य

न्यायाधीश बमका मुख्य सुटर इमाइली मगर साउदीमा पक्राउ

काठमाडौं । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गर्ने मुख्य अभियुक्त सञ्जय स्माईली मगर साउदी अरबाट पक्राउ परेका छन् । न्यायाधीश बम हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले चुरेभावर पार्टीका नेता बाबु थापालाई पुस दोश्रो साता पक्राउ गरेको थियो । करिब २ वर्षअघि सर्वोच्च अदालतका न्यायधीश रणबहादुर बमको हत्यामा संलग्न बाबु थापासहित भगवान थापा, शिवकुमार चौधरी, प्रेम खड्कालाई सार्वजानिक गरेको थियो । हत्यामा संलग्न सञ्जय इस्लामी मगर भने फरारको सुचीमा थिए । मगर रोजगारीका लागि साउदी अरबमा रहेकाले उनलाई पक्राउ गर्न नसकिएकाले इन्टरपोलमार्फत वारेन्ट जारी गरिएको थियो । इन्टरपोलले जारी गरेको डिफ्युजन नोटिशका आधारमा मगरलाई साउदी प्रहरीले मंगलबार पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रमुख डिआईजी हेमन्त मल्ल ठकुरीले बताए । पक्राउ परेका मगरलाई बुधबार नेपाल ल्याउने तयारी गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै