नेभिगेशन
अन्य

रानीबारीका अभियुक्त भेट्न एमाले र एमाओवादीका सभासद खोरमा

काठमाडौं । संविधानसभा बैठक बस्न नसकिरहेका बेला एमाले र एमाओवादीका फुर्सदिला केही सभासद् रानीबारी हत्याकाण्डका आरोपित मनराज गुरुङ र प्रमेश चौहानलाई भेट्न प्रहरी कार्यालय पुगेको रहस्य खुलेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका मनराज र प्रमेशलाई भेट्न उनी निकट केही सभासद् सोमबार त्यहाँ पुगेका हुन्। रामेछाप क्षेत्र नम्बर २ का एमाओवादी सभासद् श्यामकुमार श्रेष्ठ, एमाले दोलखाका सभासद् पार्वत गुरुङ, एमाओवादी दोलखाकी पूर्वसभासद् देवी खड्का र उनका भाइ विशाल खड्का सीआईबी पुगेको उच्च स्रोतले बतायो। दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट पार्वत र एमाओवादीबाट विशाल उम्मेदवार थिए। सभासद्ले थुनुवा भेट्ने कक्षमै प्रमेश र मनराजसँग झन्डै आधा घन्टा बिताए। हत्याजस्तो जघन्य अपराधमा संलग्न अभियुक्तलाई भेट्न जाँदा सभासद्हरूले संविधानसभाको परिचयपत्र पेस गरेका थिए। सभासद् पार्वत गुरुङ मनराजका काका हुन्। दोलखामा रहँदा ठेक्कापट्टा गर्ने मनराज एमाओवादीसँग निकट छन्। सुरुमा कांग्रेस निकट भएर काम गरेका मनराज २०६० जेठ १७ गते गोलढुंगामा म्यानपावर सञ्चालक लीलामाया गिरीको हत्या प्रकरणमा जोगिएपछि २०६३ मा एमाओवादी भ्रातृ संगठन वाईसीएलका सदस्य भएको प्रहरी अनुसन्धानले देखाएको छ। पहिलो संविधानसभा चुनावमा दोलखाबाट एमाओवादीकी देवी खड्काले उम्मेदवारी दिएपछि चुनाव जिताउन मनराज पनि खटिएका थिए। अन्नपुर्णपोष्टमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...