नेभिगेशन
अन्य

क्रियाशील सदस्यताको बारेमा छलफल गर्न देउवापक्षीय सभापतिहरुको भेला

काठमााडैं । नेपाली कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले बुधबार आफू निकटका जिल्ला सभापतिको भेला बोलाएका छन् । देउवाले क्रियाशील सदस्यताको वितरण र नवीकरणका विषयमा छलफल गर्न आज दिउसो २ वजे आफ्नै निवासमा भेला डाकेका हुन् । संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको निर्णय र पार्टीको विधानविपरीत एकपक्षीय रूपमा क्रियाशील सदस्यताको वितरण र नवीकरण गरेको आरोप देउवा पक्षले लगाउँदै आएको छ । क्रियाशील सदस्यता वितरण प्रक्रिया पारदर्शी बनाउनुपर्ने र नियमसंगत नभएकाहरूको सच्याउनुपर्ने माग देउवा पक्षको छ । ‘क्रियाशील सदस्यता वितरण तथा नवीकरणको विषय र १३ औं महाधिवेशनका विषयमा छलफल र सुझाव लिन भेला बोलाएको हो,’ देउवा निकट एक केन्द्रीय भीष्मराज आङदम्बेले भने, ‘जिल्ला–जिल्लामा कसरी जाने भनी छलफल गर्ने उद्देश्य हो ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...