नेभिगेशन
अन्य

ताप्लेजुङका अग्नि पीडितलाई राहत र बसोवासको व्यवस्था गर्ने निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले ताप्लेजुङ सदरमुकाम फुङ्लिङ् बजारमा आागलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहत र बसोवासको व्यवस्था तत्काल मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । मंगलबार प्रेस संयोजक प्रकाश अधिकारीमार्फत् विज्ञप्ति निकालेर प्रधानमन्त्री कोइरालाले पीडितहरुलाई तत्काल राहत, बसोबास र पुनःस्थापनाका कार्यक्रम तुरुन्त आरम्भ गर्न निर्देशन दिएका हुन् । उच्च मनोवलका साथ राहत र पुनस्थापना कार्यमा जुट्न स्थानीय प्रशासन, सुरक्षा निकाय, सबै राजनीतिक दलका स्थानीय कार्यकर्ता एवं सामाजिक संघसंस्थाहरुलाई कोइरालाले अपिल पनि गरेका हुन् । आवासीय क्षेत्रको विकास र भवन निर्माण गर्दा भवन निर्माण संहिताको पालना गरी आगलागी जस्ता आकस्मिक र भयानक घटनाको क्षति न्यूनिकरण गर्नेतर्फ पनि संबन्धित निकायको उनले ध्यानाकृष्ट गराएका छन् । प्रधानमन्त्री कोइरालाले अग्नि पीडितहरुप्रति सहानुभूति प्रकट गर्दै दुःखको यस घडीमा धैर्य धारण गर्न पनि भनेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै