नेभिगेशन
अन्य

ताप्लेजुङ आगलागीप्रति उपसभापति पौडेलद्धारा दुख व्यक्त

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले ताप्लेजुङमा गएराती भएको भीषण आगलागीप्रति दुख व्यक्त गरेका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा सोमबार साँझ भीषण आगलागी भएको छ । आगलागीबाट साना ठूला गरेर ४ दर्जनभन्दा बढी घर र लगभग ९० ओटा पसल जलेर नष्ट भएका थिए । पौडलले आगलागी पिडितहरुका लागि तत्काल राहत उपलब्ध गराउन समेत सरकारसंग माग गरेका छन् । पौडेलले बिहान बिज्ञप्ती निकाल्दै आगलागीको तत्काल छानविनको समेत माग गरेका हुन । आपतकालिन र दिर्घकालिन राहत व्यवस्था तत्काल गर्न सरकारसंग पौडेलले आग्रह गरेका छन् । पौडेलद्धारा जारी बिज्ञप्तीमा भनिएको छ– ‘ताप्लेजुङमा भएको भिषण आगलागी जस्तो दैवीप्रकोपको समयमा सरकारले तत्काल उद्दार तथा राहतका लागि व्यवस्था गरि पिडित परिवारको बासको व्यावस्था गर्न सरकारसंग माग गर्दछु’ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...