नेभिगेशन
अन्य

पक्राउ परेको चन्द माओवादीका नेता कार्यकर्ता रिहा

काठमाण्डौ । शुक्रबार समातिएका नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीका दुई पोलिटब्यूरो सदस्यसहित १५ जना कार्यकर्ताहरु सोमबार साँझ रिहा भएका छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको बाँसबारीस्थित निवासमा कालो झण्डा गाडेको अभियोगमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका पोलिटब्यूरो सदस्य तथा नेवा राज्य इन्चार्ज इश्वरी दाहाल, पूर्व राज्यमन्त्री तथा पोलिटब्यूरो सदस्य पदम राई सहित १५ जनालाई गत शुक्रवार गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएकाहरुलाई प्रहरीले सार्वजनिक अपराध तथा सजाय ऐन अन्तर्गत मुद्दाको तयारी गरेको थियो । गिरफ्तार पछि पाँच दिन म्याद थपेको एक दिन अघि रिहा गरेको हो । गिरफ्तार गरिएकासंग जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५÷५ सय रुपैया धरौटी लिएर रिहा गरेको हो । रिहा भएकाहरुलाई बैशाख ९ गतेको तारिख समय तोकी छोडिएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...