नेभिगेशन
अन्य

धोवी खोलामा भेटिएको शव नेपाली सेनाका भूपू सुवेदारको

काठमाडौं । राजधानीको धोवीखोलामा भेटिएको शव दाङ घर भएका नेपाली सेनाका अवकाशप्राप्त सुबेदार द्रोणबहादुर सेन रहेको प्रहरीले जनाएको छ । उनी दाङ घर भई बानेश्वर पञ्चकुमारी मन्दिर छेउमा हरी थापामगरको घरमा डेरा गरी बस्ने सेनलाई राति कसैले मारेर फालेको भेटेपछि सोमबार बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक सेनको टाउकोमा चोट लागेको देखएकिो छ । घटना कसरी भयो भनेर अहिल्यै बताउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ । रातिदेखि बुवा घर नआएपछि रातभर खोजी गरिए पनि नभेटिएको मृतककी छोरी पुष्पा सेनले अनलाइनखबरलाई बताइन् । सोमबार बिहानै खोला किनार शव भेटिएपछि हल्ला हुँदा मृतककी छोरी पुष्पा घटनास्थलमा पुगेकी थिइन् । उनी बुवाको शव देख्नेवित्तिकै अचेत भइन् । अचेत भएकी छोरी पुष्पालाई तत्काल अस्पताल लगिएको छ । मृतक सेनका श्रीमती एक छोरा र दुई छोरी छन् । नेपाली सेनाबाट अवकाश पाएका सेनकी श्रीमती काठमाडौको हेम्स हस्पिटलमा कार्यरत छिन् । खोला छेउमा घोप्टो परेको अवस्थामा फेला परेको शवको टाउकोमा रगत देखिएको हुनाले हत्या गरी फालिएको हुन सक्ने प्रहरीको आशंका छ । हत्या भएको स्थल सिंहदरबारबाट एक किलोमिटर भन्दा टाढा छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...