नेभिगेशन
अन्य

एमाओवादी अध्यक्ष सातादिन लामो चीन भ्रमणमा

काठमाडौं । एमाओवादी पुष्पकमल दहाल आज चीन भ्रमणमा जादैछन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा दाहालको चीन भ्रमण तय गरिएको हो । दाहाल चीनको दक्षिण पश्चिम युनान प्रान्तको कुन्मिङ सहरमा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ । दाहाल झण्डै एक साता चीन भ्रमणमा रहनेछन् । दिउँसो तीन बजे दाहालसंगै पार्टी महासचिव कृष्णबहादुर महरा पनि चीन जादैछन् । भावि संविधान निर्माणमा चिनको चासो बढेका बेला दाहालको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ । पार्टी नेता डा बाबुराम भट्टराई भारतबाट फर्केको केही सातामै अध्यक्ष पुष्पकमल दाहाल चीन जान लागेका हुन । बिहान चीन जानुअघि राष्ट्रपति डा रामबरण यादवसँग छलफल गर्दैछन् । छलफलमा चीन यात्रासँगै संविधाका विवादित विषयमा पनि छलफल हुनेछ । । भ्रमण सकेर चैत १३ गते प्रचण्ड स्वदेश फर्कने कार्यक्रम छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...