नेभिगेशन
अन्य

राष्ट्रपति डा यादव र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति डा रामवरण यादवसँग एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज बिहान राष्ट्रपति भवन,शीतल निवासमा भेटवार्ता गरेका छन् । भेटमा राष्ट्रपति डा यादवले समयमै सहमतिमा संविधान जारी हुनुपर्ने बताउँदै त्यसका लागि विगतको आन्दोलनकारी दलबीच सहमति हुनुपर्नेमा जोड दिएका थिए । अध्यक्ष दाहालले सहमतिमै संविधान जारी हुने अवगत गराउँदै त्यसका लागि सत्तारूढ दलहरुसँग पहल गरिरहेको बताएको उनका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए । राष्ट्रपति यादव र अध्यक्ष दाहालबीच संविधान निर्माणबाहेक दुवैको चीन भ्रमणका बारेमा पनि कुराकानी भएको स्वकीय सचिव खड्काले बताए । राष्ट्रपति यादव विहिवार र अध्यक्ष दाहाल आजदेखि साता चीनको भ्रमण गर्दै छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...