नेभिगेशन
अन्य

अष्ट्रेलियाको सत्तारुढ लिभरल पार्टीद्धारा ‘लिभरल फ्रेण्डस अफ नेपाल’ गठन

सिडनी । विश्वका बिभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरु त्यहाँको राजनीतिमा प्रभाव पारेको चर्चा चलिरहेका बेललामा अष्ट्रेलियाको सत्तारुढ पार्टी अस्ट्रेलियन लिभरल पार्टीले नेपाली समुदायलाई लक्षित गरेर ‘लिभरल फ्रेण्डस अफ नेपाल’ गठन गरेको छ । पार्टी एउटा बिभाग सरहको मान्यता पाउने गरि ‘लिभरल फ्रेण्डस अफ नेपाल’ गठन भएको हो । २२ मार्च आइतबार सिड्नीमा पत्रकार सम्मेलनको आयोजना गरेर ‘लिभरल फ्रेण्डस अफ नेपाल’बारे जानकारी दिइएको हो । पत्रकार सम्मेलन दिइएको जानकारी अनुसार ‘लिभरल फ्रेण्डस अफ नेपाल’को बोर्ड प्रमुखमा श्री नापित रहेका छन् भने सिड्नीको दक्षिण क्षेत्रबाट बिवेक थापा, उत्तर पश्चिम क्षेत्रबाट विजय फुयाल, इनर वेष्ट क्षेत्रबाट निरज श्रेष्ठ, पश्चिम सिड्नी क्षेत्रबाट डा घनश्याम चापागाइ, पूर्वी सिड्नी क्षेत्रबाट भीम खरेल र युवा पुस्ताको तर्फबाट प्रमेज श्रेष्ठले कार्यसमितिमा रहेका छन् । ८ नोभेम्बर २०१४ मा लिभरल न्यु साउथ वेल्स सम्मेलनमा पार्टी अध्यक्ष क्रिस लाउनीले ‘लिभरल फ्रेण्डस अफ नेपाल’को औपचारिक घोषण गरेका थिए । लिभरल फ्रेण्डस अफ नेपालुको प्रमुख संरक्षकको रुपमा संघीय मानवीय सेवा मन्त्री तथा सिनेटर मरीस पेइन, लिभरल पार्टी इलेक्ट्रोलर एसिस्टेन्स कमिटी अध्यक्ष रोबट ओरल सल्लाहकार रहेका छन् । लिभरल पार्टी एनएसडब्लु डिभिजन अध्यक्ष क्रिस डाउनी र डाइरेक्टर टोनी नट बोर्ड सदस्य रहेका छन् । बोर्डको कार्यसमितिलाई चाडैं विस्तार गरिने संयोजक नापितले बताए । कार्यक्रममा दिइएको जानकारीअनुसार नेपाली समुदायलाई अस्ट्रेलियाको मुल प्रवाहको राजनीतिमा पहुँच बढाउन र नेपाली समुदायका सदस्य र सत्तारुढ लिभरल पार्टीबीच सम्बन्ध बढाउन यो समितिले प्रमुख भुमिका खेल्नेछ । पत्रकार सम्मेलनमा नेपाली समुदायका प्रतिनिधीहरु उमेश पन्त, रमेश पाण्डे, महेन्द्र श्रेष्ठ, बुद्धि दलाकोटी, जविन श्रेष्ठ र पत्रकारहरु हेमन्त काफ्ले र ऋषि आचार्यले ‘लिभरल फ्रेण्डस अफ नेपाल’का बारेमा आ–आफ्नो विचार राखेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।