नेभिगेशन
अन्य

सुनुवाई समितिद्धारा लोकसेवाका पदाधिकारी अनुमोदित

काठमाडौ । संसदीय सुनुवाई समितिले लोकसेवा आयोगका पदाधिकारीहरुको नाम अनुमोदन गरेको छ । समितिले अध्यक्षमा उमेश मैनालीसहित ६ जनालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो भने एकजनालाई बहुमतले अनुमोदन गरेको छ । संवैधानिक परिषदले सिफारिस गरेका ७ जना मध्ये कृष्णचन्द्र झा विरुद्ध एमाओवादीका गिरीराजमणी पोखरेल र समाजवादीपार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले मत दिएका थिए । समितिले मैनालीसहित वृन्दा हाडा,गोविन्द प्रसाद कुसुम श्रीपुरुष ढकाल,अशोक कुमार झा र ब्रम्हदेव रायलाई सर्वसम्मतले सिफारिस गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस भएका व्यक्तिहरुको सुनुवाई समितिको अर्को १५ गतेलाई राखिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...