नेभिगेशन
अन्य

दुई माओवादी एकताका लागि सातबुँदे प्रस्तावमा छलफल

काठमाडौं । एमाओवादी र नेकपा–माओवादीका शीर्ष नेताबीच पार्टी एकताका विषयमा आज भएको बैठकमा माक्र्सवादको प्रयोग र रक्षा, पार्टीको तत्कालीन कार्यनीति, विगतका कमजोरीको समीक्षा, संसद लगायत सात विषयमा छलफल भयो । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्कालीन विषयमा साझा धारणा बनाएर आन्दोलनका कार्यक्रम घोषणा गर्नेबारे पनि आजको बैठकमा सहमति भएको बताए । माओवादी उपाध्यक्ष सिपी गजुरेलले बैठकमा सातबुँदे प्रस्ताव प्रस्तुत भई छलफल भएको र त्यसमा फेरि थप छलफल गर्ने गरी आजको बैठक टुंगिएको बताए । उनका अनुसार दुवै पार्टी अध्यक्षबीच छलफल भई अर्को वार्ताको मिति तय हुने छ । वार्ता कमिटी गठन भएपछि दुई पार्टीबीच पहिलो पटक आज वार्ता भएको हो । माओवादी पार्टी कार्यालय, बुद्धनगरमा भएको छलफलमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा र सचिव टोपबहादुर रायमाझी तथा माओवादीका तर्फबाट अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ सहभागी थिए । केही दिनअघि एमाओवादी अध्यक्ष दाहाल र अध्यक्ष वैद्यको नेतृत्वमा दुवै दलले एकताका लागि वार्ता समिति गठन गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...