नेभिगेशन
अन्य

धादिङमा जीप दुर्घटना हुँदा २ को मृत्यु

धादिङ । नीलकण्ठ नगरपालिका–१ सिउडीबारमा आइतबार बिहान बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा अन्य ६ जना जना यात्रु घाइते भएका छन् । धादिङकै काउलेबाट धादिङबेसीतर्फ आउँदै ना १० च ६८६६ नम्बरको बोलेरो जीप दुर्घटनामा ज्यान गुमाउनेमा नीलकण्ठ–१ का १० वर्षीया अनिशा मगर र ७ वर्षीया आशिका मगर रहेका छन् । दुर्घटनामा घाइते हुनेहरुमा ५२ वर्षीय गोपी मगर, १२ वर्षीय विनोद मगर, ७ वर्षीया सुस्मिता मगर, ८ वर्षीय सुशल मगर, ४ वर्षीया अनुजा मगर र जीप ड्राइभर ४५ वर्षीय वीरबहादुर गुरुङ छन् । कच्ची सडकमा जीप अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरीक्षक बासुदेव थापाले बताए । दुर्घटनामा घाइते भएका २ जनाको जिल्ला अस्पताल धादिङबेंसीमा उपचार भइरहेको छ । घाइते भएका अन्य ४ जनाको जिल्ला अस्पताल धादिङबेसीमा सामान्य उपचारपछि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...