नेभिगेशन
अन्य

सुशील नउठे सभापतिमा उम्मेदवारी दिन्छु : सुजाता

गोलबजार । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले एमाओवादी र मधेसवादी दलले संविधान जारी गर्न नदिएको आरोप लगाएकी छन् । सिरहाको लहानमा नेपाल प्रेस युनियनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा नेत्री कोइरालाले एमाओवादी र मधेसवादी दलले सहमति पनि गर्न नचाहेको र प्रक्रियामा जान पनि डराएकाले संविधान निर्माण कार्य ठप्प भएको बताइन । उनले भनिन्– ‘सहमतिका लागि हामी लचिलो भएकै छौँ । एमाओवादी र मधेसवादी दलहरु लचिलो भएका छैनन् । अब पनि लचिलो नभए प्रक्रियामा गएर भए पनि संविधान निर्माण कार्य अघि बढ्छ । यो प्रजातान्त्रिक विधिलाई कसैले गलत भन्न सक्दैन ।’ संविधान जारी गर्न नसके देशमा राजनीतिक अस्थिरता पैदा हुने र देशको विकास हुन नसक्ने उनको भनाई थियो । नेत्री कोइरालाले आशन्न महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिन् । उनले भनिन् ‘सुुशील कोइरालाले सभापतिमा फेरि उम्मेदवारी दिए समर्थन जनाउँदै पदाधिकारीमा उम्मेदवारी दिन्छु ।’ सुुशील कोइरालाले उम्मेदवारी नदिए भगवान् आएर भने पनि आफू सभापतिमा उम्मेदवारी दिनबाट पछि नहट्ने दाबि गरिन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...