नेभिगेशन
अन्य

मोरङको केराबारीबाट भरुवा बन्दुक सहित दुई पक्राउ

विराटनगर । मोरङको केराबारीबाट दिउँसो प्रहरीले लोड भएको भरुवा बन्दुक सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले लोड भएको एक नाल भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको हो । केराबारी ३ का २९ बर्षीय यज्ञबहादुर लिम्बु र केराबारी २ का ४० वर्षीय यज्ञबहादुर बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोप्य सुराकीको आधारमा गएको प्रहरी टोलीले खानतलासी गर्दा सो हतियार सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...